२० बैशाख २०८१, बिहीबार

हतकडीसहित नदीमा हाम फालेर अभियुक्त फरार




टीकापुर / जोशीपुर नगरपालिका वडानम्बर ४ वाणीका २८ वर्षीय शङ्कर चौधरी शुक्रबार हतकडीसहित पथरैया नदीमा हाम फालेर फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले पक्राउ गरेर ल्याउने क्रममा चौधरी हतकडीसहित फरार भएका हुन ।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले अभियुक्तकै बुबा शम्भुले उनीविरुद्ध कुटपिट सम्बन्धी प्रहरीमा निवेदन दिएका थिए । शम्भुकै निवेदनको आधारमा अभियुक्तलाई प्रहरीले पक्राउ गरेर ल्याउने क्रममा उनी फरार भएका हुन ।

फरार व्यक्तिको खोज तलासका लागि जोशीपुर इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक चङ्खबहादुर कठायत र इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा प्रहरी टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार