७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र प्रदेशका राज्यमन्त्री रैकावीच भेटवार्ता



काठमाडौ/ नेपाली काग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस महासमिति सदस्य तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकावीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवर्ता भएको छ ।

भेटका क्रममा राज्यमन्त्री रैकाले प्रधानमन्त्री देउबालाई सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम ,विकास योजना, बजेट बारेमा जानकारी गराइका थिए ।

त्यस्तै राज्यमन्त्री रैकाले प्रधानमन्त्री देउवा समक्ष आफूहरुले सुदूरपश्चिमको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई बिशेष प्राथमिकता दिएर काम गरिरहेको बताउदै संघीय सरकारबाट सो क्षेत्रमा थप सहयोगका लागि अनुरोध गरे ।

प्रधानमन्त्री देउवा र राज्यमन्त्री रैकावीच आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक घटना क्रममा बारेमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार