१२ बैशाख २०८१, बुधबार

‘एउटै गीतको लागि एक महिना प्रशिक्षण लिए’



काठमाडाैं / अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूण पनि भनिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’ को गीत ‘एक दो तीन चार पाँच छे’ मार्फत फेमश बनेकी माधुरी पछिल्लो समय पर्दामा सकिय छैनन् । उनले ठुलो पर्दा नभई सानो पर्दाको डान्स रियालिटी शो मार्फत आफूलाई दर्शकसामु प्रस्तुत गरिरहेकी छिन् ।

जहाँ उनको सुन्दरता र नृत्यको चर्चा उत्तिकै छ । स्कुल र कजेल लाइफमा कहिले काहीं स्टेजमा देखिएकी माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन् । माक्रोबायोलोगी अध्यन गर्ने तयारीमा रहेकी माधुरीलाई १२ कक्षामै ‘अबोध’ नामक फिल्म अफर भयो । तर , उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएनन् । यसैबीच एक पटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले गर्‍याे ।

उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो । ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ । त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो । उहाँले एक पटक भेट्न कर गरेपछि हामी स-परिवार भेट्न पुग्यौ’ माधुरीले भनिन् ।’

राजश्री प्रोडक्सनमा माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो । त्यसपछि फिल्ममा काम गर्ने सहमति जुट्यो । यद्दपी ‘अबोध’ फिल्म सफल हुन् सकेन , नत माधुरीलाई चिनाउननै सक्यो । उनलाई चिनाउने गीत ‘तेजाब’ कै थियो । त्यो फिल्म रिलिजपछी उनले एरपोर्टमा पहिलोपटक अटोग्राफ दिएकी थिइन् । तर , सुरुवाती समयमा त्यो गीत उनलाई खासै लागेको थिएन ।

‘सबैलाई गीत मन परेको थियो । यद्दपी म भने त्यो नम्बर भाको गीत किन राखेको होला भन्ने सोच्दै थिए’ माधुरीले भनिन् ।’ उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिना प्रशिक्षण लिइन् । नृत्यमा राम्रो भएपनि क्यामराअनुसारको नृत्यको लागि उनले एक महिना सिकेकी थिइन् । ‘त्यहिँ प्राक्टिसको क्रममा मैले क्यामेरासँग फ्रेन्डली हुन् सिके’ उनले भनिन् । त्यसपछि उनले लगातार फिल्म गरिन् । एकपछि अर्को फिल्म मार्फत उनले आफूलाई सफल बनाउदै अगाडि बढिन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘टोटल धमाल’ रिलिज भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार