६ चैत्र २०८०, मंगलवार

रवी ओड र स्मिता दाहालको ‘राजा रानी’



धनगढी । नेपाल आइडल सिजन–२ का विजेता गायक रवी ओड तथा गायिका स्मिता दाहालको स्वरमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा भिम बिसीको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ्ग यो गीतका संगीत संयोजक हुन् ।

उक्त गीतको म्यूजिक भिडियोमा कविता श्रेष्ठ, रवी ओड, प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ ।

टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ ।

दर्जनौं कोरस डान्सहरुसँगै सुन्दर ढंगबाट भिडियो तयार गरिएको छ । भिडियोमा पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन दिनेश विष्टले भिडियोको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार