१५ चैत्र २०८०, बिहीबार

१९ वर्षको उमेरमा बलात्कृत



पप सेन्सेसन लेडी गागले आफ्नो जीवनको तीतो वास्तविकता सार्वजनिक गरेकी छिन् । ओप्रा विन्फ्रेको शोमा लेडी गागाले आफूमाथि भएको यौन शोषणबारे कुरा गरेकी छिन् । लेडी गागाले आफू १९ वर्षको उमेरमा बलात्कृत भएको जानकारी दिइन् । उनका अनुसार उनलाई एक सङ्गीतकर्मीले बलात्कार गरेका थिए जसका कारण उनी गर्भवती भएकी थिइन् ।

लेडी गागाले त्यतिबेलाको घटना स्मरण गर्दै भनिन्, ‘म १९ वर्षको हुँदा बलात्कारमा परेँ । त्यतिबेला एक निर्माताले मलाई कपडा उतार्न भने । मैले यसका लागि अस्वीकार गरेँ र त्यहाँबाट गएँ । त्यसपछि उनले मलाई धम्की दिएर मेरो सबै सङ्गीत बर्बाद गरिदिने बताए र उनी रोकिएनन् ।’

गायिकाका अनुसार बलात्कारको वर्षौंपछि पनि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो जसको उपचारका लागि उनी अस्पतालमा नै धाउनुपर्यो । उनी भन्छिन्, ‘सुरुमा त मेरो शरीर बेस्सरी दुख्यो त्यसपछि मलाई केही महसुस भएन । त्यसको केही दिनपछि ज्वरोले थला पार्यो । हप्तौं बित्यो ।’

‘पछि मैले महसुस गरेँ कि म बलात्कृत हुँदा पनि यस्तै पीडा भएको थियो । मलाई मेरो आमा–बुवाको घरको एउटा कुनामा छोडियो किनभने मलाई त्यतिबेला उल्टी भइरहेको थियो र म असाध्यै बिरामी थिएँ । मेरो शोषण भएको थियो । थुप्रै महिनासम्म मलाई स्टुडियोमा लक गरेर राखिएको थियो ।’

लेडी गागाले अब ती व्यक्तिलाई कहिले पनि देख्न नपरेपनि हुन्थ्यो भन्ने इच्छा व्यक्त गरेकी छिन् । उनले बलात्कारपछि आफू कुनै पनि हालतमा पहिले जस्तो नभएको बताएकी छिन् । बलात्कारपछि जुन तनाव र ट्रमाबाट उनी गुज्रिइन् त्यसले उनलाई भित्रैदेखि विचलित बनाएको उनले बताइन् ।

लेडी गागाले भनिन्, ‘थुप्रै वर्षसम्म म साइकोटिक ब्रेकमा रहेँ । म त्यस्तो खालको केटी थिइनँ । त्यतिबेला मैले थुप्रै एमआरआई र स्क्यान गराएको थिएँ तर त्यसले केही राम्रो गरेको जस्तो लागेन । तर तपाईंको शरीरलाई सबै याद रहन्छ । मलाई केही पनि महसुस हुँदैनथ्यो । यस्तो थियो कि तपाईंको दिमाग अफलाइन भएको छ ।’

त्यसपछि लेडी गागाले बिस्तारै आफ्नो पीडा बिर्सिएर जीवनमा अघि बढिन् । उनले थेरेपी लिइन् । साढे दुई वर्षको थेरेपीपछि उनी नर्मल हुन सकिन् ।

पर्सनल फ्रन्टको कुरा गर्ने हो भने लेडी गागा व्यवसायी माइकल पोलान्कीलाई डेट गरिरहेकी छिन् । लेडी गागा फेशनिस्टा हुन् र उनी आफ्नो ड्रेसिङ सेन्स र यूनिक स्टाइलका कारण चर्चामा छाइरहन्छिन् ।

कामको कुरा गर्ने हो भने लेडी गागाको आउँदो प्रोजेक्ट क्राइम ड्रामा हाउस अफ गुची हो । लेडी गागाको सोसल मिडियामा तगडा फ्यान फलोविङ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार