६ चैत्र २०८०, मंगलवार

मेक्सिकोकी एंड्रिया मेजा भइन् मिस युनिभर्स



फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड रक होटल र क्यासिनोमा आयोजना गरिएको मिस युनिभर्सलको अन्तिम प्रतिस्पर्धामा मेजाले विश्वका ७० देशका सुन्दरीलाई हराएर सो २६ वर्षीया मेजाले उपाधि चुमेकी हुन् ।

२०२० मा पहिलोपल्ट कोरोना भाइरस महामारीको कारण यो प्रतियोगिता रद्द गरिएको थियो । कोरोना केही साम्य भएको भन्दै दुई साताअघिबाट फ्लोरिडामा मिस युनिभर्स २०२१ को विविध प्रतिस्पर्धा सुरु भएको थियो । आइतबार रात मिस युनिभर्सको फाइनल सम्पन्न भएको हो ।

आफूले कडा मेहनतका साथ यो प्रतियोगिताको उपाधि जितेको भन्दै आफूलाई जिताउने सम्पूर्ण मेक्सिजन जनताप्रति यी सुन्दरीले ताज समर्पण गरेकी छन् । आफू र देशवासीकै लागि यो अत्यन्त खुसीको पल भएको मेजाले ताज ग्रहण गर्ने क्रममा बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार