७ बैशाख २०८१, शुक्रबार

सदस्य सचिव सिंहद्वारा पद तथा गोपनीयताको सपथ



धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका दीपकबहादुर सिंह र अन्य दुई जना सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मंगलबार मन्त्रालयमा एक कार्यक्रम आयाेजना गरी सदस्य सचिव सिंह सहित सदस्यहरू अनिल श्रेष्ठ र झलक शाहलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशको खेलकुदको विकासका लागि तोकिएको जिम्मेवारी पूरा गर्न सुझाव दिए ।

खेलकुदको विकासका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री सुवेदीको भनाइ थियो । सपथ ग्रहण गर्दै सदस्य सचिव सिंहले खेलकुदमा सुदूरपश्चिमलाई एक नम्वर प्रदेशको रुपमा चिनाउने दाबी गरे। उनले मन्त्रालयले दिएको जिम्मेवारी इमान्दारीका साथ पालना गरी अघि बढ्ने बताए ।

कैलाली जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष समेत रहेका सिंहलाई प्रदेशको मन्त्री परिषदको बैठकल सदस्य सचिवमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार