७ बैशाख २०८१, शुक्रबार

आजदेखि मेयर, उपमेयर कप फुटवल प्रतियोगिता



घनगढी । धनगढी नगर खेलकुद समितिको आयोजनामा आजदेखि मेयर, उपमेयर कप फुटवल प्रतियोगिता सञ्चालन हुदैछ ।

धनगढी उपमहानगरपालिकाको नगर खेलकुद समितिले मेयर, उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ ।

नगर खेलकुद समितिले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइयो ।

वडा नम्बर ४ का अध्यक्ष तथा नगर खेलकुद समितिका संयोजक दीपक कुमार थापाले भने– प्रतियोगिताको सबै तयारी पुरा भएको छ । उनले न्यू बुद्ध स्पोर्ट्स युवा क्लवले गर्ने फुटवल प्रतियोगिताको व्यवस्थापन गर्ने बताए ।

संयोजक थापाले प्रतियोगितामा विजेता महिला तथा पुरुष टिमले एक लाख १० हजार रुपैया पुरस्कार प्राप्त गर्ने बताए । उनका अनुसार उपविजेता महिला तथा पुरुष टिमले ५१ हजार रुपैया पुरस्कार पप्त गर्नेछन् ।

त्यस्तै, दुवै विधाका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्सर तथा सर्वाधिक गोलकर्ता खेलाडीले जनही पाच हजार पाच सय रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार