१३ बैशाख २०८१, बिहीबार

मेयर उपमेयर कप क्रिकेट: एरिष्टो फाइनलमा प्रवेश



हिलवर्ड र शारदा सेमिफाइनलमा

धनगढी । धनगढीमा जारी मेयर उपमेयर छात्र तथा छात्रा क्रिकेट प्रतियोगिता अन्तरगत छात्रातर्फ एरिष्टो इङ्गलिस स्कुल फाइनलमा प्रवेश गरेको छ । यसैगरी छात्रतर्फ हिलवर्ड स्कुल र शारदा विद्या निकेतन सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको छात्रा तर्फको सेमिफाइनल खेलमा एरिष्टो स्कुलले सैलेश्वरी बोर्डिङ स्कुललाई ४० रनले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गर्यो ।
सो खेलमा शैलेश्वरी स्कुलले टर जित्यो र एरिष्टोलाई ब्याटिङका लागि निम्त्यायो । एरिष्टोले निर्धारित २० ओभरमा चार विकेट क्षतिमा एक सय १६ रन बनायो । एरिष्टो स्कुलका कुस्मा खाती र आस्मा सिंहले अविजित २७/२७ रन बनाए ।

बलिङतर्फ शैलेश्वरी स्कुलका रितु अवस्थी, सिन्धु थापा तथा राधिका कुमारी धामीले एक एक विकेट लिए ।

एक सय १७ रनको विजयी लक्ष्य पाएको शैलेश्वरी स्कुल २० ओभरमा छ विकेट क्षतिमा ७६ रनमा समेटियो ।

सैलेश्वरी स्कुलका राधिका कुमारी धामीले १४, रितु अवस्थीले १३, तथा गौरि विक र सरस्वती धामीले अविजित ११/११ रन बनाए ।

बलिङतर्फ एरिष्टोकी हिशिला खड्का र करिस्मा खड्काले दुई/दुई विकेट प्राप्त गरे । सो खेलको वमुन अफ द म्याच एरिष्टो स्कुलका करिस्मा खड्का बनिन् ।

प्रतियोगिता अन्तरगत मंगलबार छात्रातर्फ अपि विद्या निकेतन र वेष्टर्न क्रिष्टल एकेडेमीबीच दोश्रो सेमिफाइनल खेल हुनेछ ।

त्यस्तै, सोमबार प्रतियोगिताका छात्रतर्फका दुई वटा क्वाटर फाइलन चरणका खेल भएका छन् ।

सोमबारको पहिलो क्वाटर फाइलन खेलमा हिलवर्ड स्कुलले शारदा माविलाई तीन विकेटले पराजित गरेर सेमिफाइनलमा प्रवेश ग¥यो ।
सो खेलमा हिलवर्डले टस जित्यो र पहिले फिल्डिङ गर्ने निर्णय ग¥यो । ब्याटिङका लागि निम्त्याइएको शारदा मावि निर्धारित १५ ओभरमध्ये १४ औं ओभरमा ८९ रनमा अलआउट भयो । शारदा माविका कुम्भ देउवाले मात्र ३५ रनको योगदान दिए । शारदाका अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ हिलवर्ड स्कुलका सञ्जय कठायत र विराज गजमेरले दुई दुई विकेट लिए ।

शारदा माविले दिएको ९० रनको लक्ष्य हिलवर्ड स्कुलले १२ ओभर तीन बलमा सात विकेट क्षतिमा पुरा ग¥यो । हिलवर्डका रमेश विष्टले अविजित ३६ रन बनाए ।

बलिङतर्फ शारदा माविका कुम्भ देउवा र रविन्द्र रोक्काले दुई दुई विकेट लिए ।

मंगलबार नै भएको छात्र तर्फको दोश्रो क्वाटर फाइनल खेलमा शारदा विद्या निकेतनले ब्रोड भिजन स्कुललाई ४५ रनले हरायो ।

टस जितेर पहिले व्याटिङ गरेको शारदा विद्या निकेतनले निर्धारित १५ ओभरमा छ विकेट क्षतिमा एक सय ३५ रन बनायो । शारदा विद्या निकेतनका दिनेश वडले अर्धशतकीय पारी खेल्दै ५७ बनाए भने अभिशेक मल्लले अविजित ४३ रन बनाए ।

बलिङतर्फ ब्रोड भिजनका दिवस सिंहले दुई विकेट लिए ।

एक सय ३६ रनको विजय लक्ष्य पाएको ब्रोड भिजन १५ ओभरको खेलमा नौ विकेट गुमाएर ९० रनमा समेटियो ।
ब्रोडभिजनका सन्तोष ताम्राकारले १९ तथा प्रतिक सिंहले ११ रन बनाए ।

ब्रोड भिजनमाथि फराकिलो रन अन्तरले जित निकाल्ने क्रममा शारदा विद्या निकेतनका गोविन्द बिष्ट र रोशन कार्कीले दुई दुई तथा अरुण धामी, अविशेक मल्ल र विरेन्द्र ठगुन्नाले एक एक विकेट लिए ।

सो खेलका म्यान अफ द म्याच शारदा विद्या निकेतनका अभिशेक मल्ल भए ।

प्रतियोगिता अन्तरगत आज मंगलबार ज्योति इङ्गलिस स्कुल र मोर्डन इङ्गलिस स्कुल तथा विद्याभूषण स्कुल र थ्री स्टार बोर्डिङ स्कुलबीच क्वाटर फाइलन खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार