कारागारमा कैदीकाे मृत्यु
धनगढी । कैलाली कारागारमा बलात्कार अभियाेगकाे कैद भुक्तान गरिरहेका एक जना कैदी बन्दीको मृत्यु भएको छ ।

बलात्कार मुद्दामा कैद भुक्तान गरी रहेका घोडाघोडी नगरपालिका–५ बस्ने ६७ वर्षीय बुधराम डगौरा चौधरीको शुक्रबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको कारागार प्रमुख मान सिंह खडकाले जानकारी दिए ।
२०७३ असार ८ गतेदेखि थुनामा रहेका उनी लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रसित थिए ।
कारागार प्रशासनले थप उपचारका लागि काठमाडौँ पठाउने बताएपनि उनी र उनका परिवारले अस्वीकार गरेको कारागार प्रमुख खडकाले बताए ।
मृतकको शव पोस्टमार्टम लागि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि दाहसंस्कारका लागि शव परिवारलार्इ बुझाइने कारागार प्रशासनले जनाएको छ ।