१० श्रावण २०८१, बिहीबार

इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव



बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । इलाका प्रशासन कार्यालयमा गएको तीन महिनायता शाखा अधिकृत नहु“दा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

नेगीका अनुसार ‘इलाका प्रशासन कार्यालयमा भदौदेखि शाखा अधिकृत नभएपछि सेवा अवरुद्ध भएको छ । एकजना शाखा अधिकृत, दुईजना नायब सुब्बा, एकजना सहलेखापाल, एकजना सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एकजना नायब सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै रहेका छन् । २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारी अभावले सेवा प्रभावित हु“दै आएको छ ।
दुर्गम क्षेत्रका नागरिकलाई गाउ“घरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हु“दा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका कामका लागि फेरी सदरमुकाम नै पुग्नुपर्ने बाध्यता आइलागेको छ ।
‘इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, नाबालिग प्रमाण पत्र र सिफारिस दिने गरेको थियो । तर कर्मचारीको अभाव ती सेवाहरू रोकिएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी नेगीले भने, ‘हामीले इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएको विषयमा गृहमन्त्रालयमा पत्राचार गरिसकेका छौं । तर,अहिलेसम्म कर्मचारी पठाएको छैन् ।’
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना खुलेकाले नेपाली नागरिकता लिनेको संख्या बढ्दै गएको छ । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहु“दा आफूहरूलाई निकै समस्या भएको पुर्चौंडी नगरपालिका ८ का हेमन्त बोहराले बताए । उनले भने, ‘नगरपालिकाभित्रै रहेको इलाका प्रशासन कार्यालयमा कर्मचारी नहु“दा हामीले सदरमुकाम धाउनु परीरहेको छ । इलाका प्रशासन भएर के गर्नु कर्मचारी नै हु“दैनन् ।’
नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हु“दा पुर्चौंडीबासीहरूले सदरमुकाम धाउनु परेको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार