१० श्रावण २०८१, बिहीबार

टीकापुर घटना राजनीतिक रुपमा सुल्झाउनु पर्छ– काँग्रेस सभापति शाह



धनगढी । नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक रुपमा नै सुल्झाउनु पर्ने बताएका छन् ।

बुधबार थरुहट÷थारुवान मोर्चाले तीन बु“दे मागसहितको ज्ञापनपत्र बुझाएपछि सभापति शाहले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक तवरले सुल्झाउनु पर्ने बताए ।
सभापति शाहले भने– नेपाली का“ग्रेस कैलालीको २०७३ सालमा बसेको बैठकले “टीकापुर घटना राजनीतिक घटना रहेकोले राजनीतिक तवरले सुल्झाउनु पर्ने निर्णय गरेको थियो । त्यसपछि केही पहल पनि अगाडी बढेको थियो ।
उनले २०७२ साल भदौ ८ गते टीकापुरमा थारुहरूको घर, पसल तथा एफएममा भएको आगजानीको घटनामा भएको क्षतिको क्षतिपुर्तिका लागि पहल पनि भएको बताए ।
सभापति शाहले गत वर्ष टीकापुरमा मोर्चाद्वारा आयोजित कार्यक्रममा पार्टीको झबही बैठकले पानीको व्यवस्थापन गर्ने निर्णय गरेको बताए । हाल जेलमा रहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीको विषयमा पार्टी संवेदनशील रहेको उनले बताए ।
सो अवसरमा पूर्व सांसद कृष्णकुमार चौधरीले नेपाली का“ग्रेस उदारवादी तथा थारु समुदायप्रति जिम्मेवार रहेकोले थारु समुदायका माग मुद्दालाई गम्भीर रुपमा लिन आग्रह गरे ।
मोर्चाका कैलाली संयोजक माधव चौधरीसहितको टोलीले सभापति शाहलाई तीन बुदे मागसहित ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा नया“ संविधानमा आफूहरूको पहिचान र अधिकार सुनिश्चितता गर्ने क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको राजनीतिक दलहरूको आधिंकारिक धारणा के हो ? यस्को सम्बन्धमा मोर्चा तथा आम कैलालीबासीलाई स्पष्ट गर्नु पर्ने, पहिचान र अधिकारका लागि भएको आन्दोलनको क्रममा भएको टीकापुर घटनालाई राजनीतिक तवरले समाधान गर्ने राजनीतिक दलका पहलकदमीका बारेमा जनतालाई जानकारी गराउनु पर्ने, २०७२ साल भदौ ८ गतेका दिन सम्प्रादायिक दंगा निम्तिने गरि थारुहरूको घर, पसल, व्यापार, एफएममा आगजानी तथा लुटपात गर्नेहरूको नाम किटानी जाहेरी भए पनि अपराधिहरूलाई प्रहरी प्रशासनले घटना भएको ५ वर्ष भएनि कानूनी दायरामा नल्याएको र पक्राउ गरि मुद्दा पनि नचलाएको प्रति यहा“का पार्टीहरूको अधिकारिक धारणा जनताहरूको अगाडी स्पष्ट रुपमा ल्याउनु पर्ने रहेको छ ।
मोर्चाले बुधबार नेपाली का“ग्रेस, नेकपा, जसपा, साझा पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा, नेपाल लोकतान्त्रिक पार्टीलगायत राजनीतिकदललाई तीन बुँदे मागसहित ज्ञापनपत्र बुझाएको र राष्ट्रिय मानव अधिककार आयोग क्षेत्रीय कार्यालय धनगढीमा बोधार्थ पठाउने संयोजक माधव चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार