२९ पुष २०८१, सोमबार

डम्पिङ साइट नहुदा समस्या



बैतडी । बैतडीका नगरपालिकामा डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा चुनौती भएको छ ।
जिल्लाको सबैभन्दा पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाले स्थापनाकालदेखि नै फोहर व्यवस्थापनका लागि डम्पिङ साइड बनाउन सकेको छैन् ।

राज्य पुनर्संरचना पछि नगरपालिकाको क्षेत्र विस्तार हुँदा फोहर व्यवस्थापनामा झन् समस्या देखिएको छ । अहिले सदरमुकाम नजिकै सडक छेउमै फोहर राख्ने गरिएको नगरपालिकाका विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए ।

नगरपालिकाले फोहर व्यवस्थापन गर्ने भन्दै जमिन खरीद गरेको भएपनि स्थानीयको अवरोधका कारण डम्पिङ साइड निर्माण गर्न नसकेको उनले बताए । उनले भने ‘नगरपालिकाले फोहर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्न जमिन समेत खरिद गरिसकेको छ । तर स्थानीयहरूको विरोधका कारण डम्पिङ साइड निर्माण गर्न सकिएको छैन् ।’

छेला दुर्गाभवानी सडक छेउमा नगरपालिकाले डम्पिङ साइडका लागि जमिन खरिद गरेको छ । तर स्थानीयहरूले सो ठाउ“मा डम्पिङ साइड बनाउन नदिएपछि अहिले नगरपालिकाले सदरमुकामा सडक नजिकै फोहर व्यवस्थापन गरिरहेको छ ।

सडक छेउमा नगरपालिकाको फोहर थुपार्दा समस्या भएको स्थानीयले बताए । नगरपालिका स्थापनाकालदेखि नै फोहर व्यवस्थापनमा चुकेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिए । उनले भने, ‘नगरपालिकाले समयमै फोहर व्यवस्थापनमा ध्यान नदि“दा समस्या भएको छ । सबै प्रकारका फोहर एकै ठाउ“मा राख्दा झन जोखिम बढाएको छ ।’
दशरथचन्द नगरपालिकाले २०५४ सालयता अस्थायी रुपमै फोहर व्यवस्थापन गरिरहेको छ । फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान नहु“दा बेलाबेलामा फोहर व्यवस्थापनमा समस्या आउने गरेको छ ।

यस्तै जिल्लाको पाटन नगरपालिकासँग पनि डम्पिङ साइडको अभाव रहेको छ । नगरपालिकाले पछिल्लो समयमा पाटन बजार नजिककैको घाङल खोलामा फोहर फाल्ने गरेको छ । बजारबाट निस्केको फोहर खोलामा फाल्ने गरिएको हो । यो फोहर सिधै सुर्नया नदीमा मिसिने गरेको छ ।
पाटनमा नया“ शहर आयोजनाले डम्पिङ साइड निर्माण गर्ने भनेपनि अहिलेसम्म डम्पिङ साइड निर्माण गर्न सकेको छैन् । नगरपालिकाले अहिले घाङल खोलामा फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले बताए ।

जिल्लाको नया“ नगरपालिकाका रुपमा रहेका मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा पनि डम्पिङ साइडको अभाव छ । मेलौलीको का“डा बजारको फोहर, बजार व्यवस्थापन समितिलै नै गर्दै आएको छ । नगरपालिकाले तत्काल डम्पिङ साइडका लागि केही निर्णय नगरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले बताए ।

उनले भने, ‘अबको कार्यपालिका बैठकमा यो विषयमा केही कुराकानी होला । अहिलेसम्म त्यस्तो केही निर्णय भएको छैन् ।’ जिल्लाको पुरचौंडी नगरपालिकाले पनि अहिले सम्म अस्थायी रुपमै फोहर व्यवस्थापन गरिरहेको छ । प्रत्येक पसलहरूमा डस्टबीन व्यवस्था गरेर फोहर व्यवस्थापन गरिरहेको उपप्रमुख जानकी बमले बताइन् । उनले भनिन्, ‘अहिले हामीले डम्पिङ साइड निर्माणका लागि जमिनको खोजी कार्य गरिसकेको छ ।’

घर तथा बजारबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसक्दा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन्् । ‘फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नु उचित हुन्छ । फोहर व्यवस्थापन गर्न सकिएन भने यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ,’ स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने, ‘फोहर व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । नगरपालिका मात्रै नभएर यसमा नगरबासीहरूको पनि ध्यान जानुपर्छ ।’

फोहर व्यवस्थापन नभएकै कारण विभिन्न खालका सरुवा रोगहरू संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘अहिलेको महामारीको यो समयमा फोहर व्यवस्थापन झनै महत्वपूर्ण कुरा छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार