४ जेष्ठ २०८१, शुक्रबार

टीकापुर नगरपालिकामा तीन वडा कार्यालय निर्माण




टीकापुर / टीकापुर नगरपालिकाका तीन वटा कार्यालय भवन निर्माण भएका छन् । वडा नम्बर २, ९ र ७ का नयाँ भवनहरु बनेका हुन ।

२ नम्बर वडा कार्यालय भवन ५४ लाख २७ हजार र ९ नम्बर वडा कार्यालय ५५ लाख १४ हजारको लागतमा बनेका हुन । वडा कार्यालयमा पाँच कोठा, एउटा हल, ओपेन स्पेश, भान्सा र दुई वटा शौचालय रहेका नगरपलिकाका इन्जिनियर नवीन ओझाले जानकारी दिए ।

वडा कार्यालयमा जिल्ला समन्वय समिति कैलालीको ६० प्रतिशत लगानी रहेको छ । यसैगरी सत्ती शहरी केन्द्रको भवन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साझेदारीमा ४१ लाख ५० हजारको लागतमा चार कोठा, एउटा हल र दुईवटा शौचालय रहेका छन् ।

भवन निर्माणपछि यसअघि भाडामा सञ्चालनमा रहेका वडा र स्वास्थ्यकेन्द्र सञ्चालनमा सजिलो हुने वडा नम्बर ७ र ९ का वडासचिव लोकबहादुर बुढाले बताए ।

टीकापुर नगरपालिकाको वडा नम्बर ७ कुन्तिटोलमा तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत संघीय सरकार र टीकापुर नगरपालिकाको साझेदारीमा ५९ लाख ९४ हजारको लागतमा भवन बनेका हुन् ।

तीन वटै वडा कार्यालयको भवनको हालै नगरप्रमुख तपेन्द्रबहादुर रावलले उद्घाटन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार