७ बैशाख २०८१, शुक्रबार

लेबल जिन्सका कपडाहरु धनगढीमा




धनगढी / नेपालमा विगत तीन वर्षदेखि नेपाली ग्राहकहरुको माझ लोकप्रिय हुदै आएको लेबल ब्राण्डका लत्ता कपाडहरु अब धनगढीमा उपलब्ध हुन थालेको छन् ।

यसलाई धनगढीमा मेलान्ज स्टोरले भित्राएको हो । बिशेषगरी नेपाली युवा वर्गलाई लक्षित गरिएको यो व्रण्डमा जिन्स मात्र नभई अन्य कटनका लुगाहरु समेत पाइन्छ ।

फर्मल र क्याजुवल दुबै थरीमा हुने यसका लुगाहरु तुलनात्मकरुपमा मूल्य समेत महंगो नरहेका र अएको केही दिनमै ग्राहकहरुको रोजाइमा पर्न सफल भइसकेको कुरा मेलान्ज धनगढीका संचालक टेकराज पनेरुले जनाकारी दिए ।

लेवल ब्राण्डका कपडाहरु मेलान्जका धनगढी लगायत नेपालगञ्ज, इटहरी र काठमाडौका सबै आउटलेटहरुबाट लेबलका लुगा खरिद गर्न सकिन्छ ।

लेवलका लुगाहरु नेपाल लगायत, चाइन र क्यानेडामा समेत उपलब्ध छन् । हाल नेपाली बजारमा पुरुषका लुगाहरु आइ रहेकामा अबका दिनमा महिलाका लागि समेत लत्ता कपडाहरु उपलब्ध हुनेछन् ।

यो बाहेक मेलान्ज स्टोरमा दशै लक्षित गरि विभिन्न छुटका योजनाहरु समेत उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार