१० श्रावण २०८१, बिहीबार

खाद्य प्रविधि कार्यालयद्वारा प्रगति प्रतिवेदन सार्वजनिक



धनगढी । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, धनगढी र मातहतका कार्यालयहरूबाट गत आर्थिक वर्षको अवधिमा भएगरेका कामको प्रगति विवरण मंगलबार सार्वजनिक गरिएको छ ।
कार्यालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा खाद्य स्वच्छता, नियमन र अनुगमनबारे भएगरेका कामबारे जानकारी गराएको छ ।
कार्यालयद्वारा गत आर्थिक वर्ष २०७६÷०७७ मा बजार अनुगमनका क्रममा तीन सय १८ खाद्य बजार, दुई सय ६४ होटल तथा रेष्टुरेण्ट र खाद्य उद्योगहरूको अनुगमन गरेको जनाएको छ । गत आर्थिक वर्षमा खाद्य समुहका दुई सय ६१ नमुना संकलन गरिएकोमा १२ वटा नमुना गलत पाइएको जनाइएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका, लेवल नभएका र गुणस्तरहीन पा“च हजार एक सय २९ किलो खाद्य सामग्री तथा दुई हजार दुई सय ३४ लिटर पेय पदार्थ जफत गरी नष्ट गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा खाद्य अनुज्ञापत्र जारी तथा नविकरण र खाद्य तथा दाना नमुना बिश्लेषणबाट छ लाख ७८ हजार राजश्व प्राप्त भएको जनाइएको छ । त्यस्तै चालू आर्थिक वर्षको भदौ महिनाुम्म कार्यालयले लेवल नभएका र म्याद गुज्रेका चार सय ९२ किलो खाद्य पदार्थ जफत गरि नष्ट गरिएको छ । भने ६५ वटा खाद्य उद्योगहरूको निरीक्षण र अनुगमन गरी खाद्य स्वच्छता सुधारका लागि निर्देशन दिइएको छ ।
चालू आर्थिक वर्ष २०७७÷०७८ मा हालसम्म चार सय २३ खाद्य तथा दाना नमुनाहरूको विश्लेषण गरिएको छ । लकडाउन अवधिमा पनि राहत वितरण गरिएका दाल, चामल, तेल, नुनका ४२ वटा नमुना संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार