४ जेष्ठ २०८१, शुक्रबार

गणपुरक संख्या नपुगेपछि लेखा समिति बैठक स्थगित



धनगढी । गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

सोमबार समितिको कार्यालयमा बसेको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको समितिकी सभापति कुमारी नन्दा बमले जानकारी दिइन् ।
बैठकका महालेखाको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको थियो । तर गणपूरक संख्या नपुगेपछि प्रतिवेदन माथि छलफल हुन सकेन ।
११ जना सदस्य रहेको समितिमा सोमबार ५ जना मात्रै उपस्थित भएका थिए । अर्को बैठक कहिले बस्ने भन्ने बारे अझै निर्णय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार