४ जेष्ठ २०८१, शुक्रबार

अवैध सुन घटना : थप एक जना पक्राउ



धनगढी । गौरीफन्टा सीमा नाकाबाट अवैध सुनका गरगहना बरामद प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले अवैध सुन प्रकरणमा अनुसन्धानका लागि थप एक जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
पक्राउ पर्नेमा डोटीको केआईसिह गाउ“पालिका वडा नम्बर २ का २८ वर्षीय शिव भुल रहेका छन्् । उनलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवारविचवा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले भारतको मुम्बईबाट आउ“दै गरेका दुई जनालाई चार सय ४० ग्राम सुनसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार