२३ बैशाख २०८१, आईतवार

मिसन टोली धनगढीमा



धनगढी । सञ्चार गृहमाथि भएको आक्रमणको स्थलगत अध्ययन गर्न धनगढी आइपुगेको नेपाल पत्रकार महासंघको मिसन टोलीले काम अघि बढाएको छ ।

महासंघका महासचिव रमेश विष्टको नेतृत्व रहेको मिसन टोलीले आइतबार धनगढीका सञ्चारकर्मीहरूस“ग छलफल गरेको थियो ।
टोलीमा महासंघका सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशबाट नेतृत्व गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष सदस्य रहेका छन् । मिसन टोलीले आइतबार राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश अधिकारीहरुस“ग पछि छलफल गरेको छ ।
टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतस“ग छलफल गरी सत्य तथ्य सार्वजनिक गर्ने मिसन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार