२३ बैशाख २०८१, आईतवार

सञ्चारकर्मी निर्मलाको शव तीन दिनपछि पोष्टमार्टम



धनगढी । कैलालीको सुखडमा शुक्रबार मृत अवस्थामा फेला परेकी सञ्चारकर्मी निर्मला पहराईको शवको तीन दिनपछि आईतबार पोष्टमार्टम गरिएको छ ।

मृत भेटिएकी निर्मलाले आत्महत्या गरेको नभई हत्या भएकोले दोषिलाई पक्राउ नगरुन्जेल पोष्टमार्टमका लागि सहमति नदिने उनका आफन्तको अडानका कारण सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको शव तीन दिनसम्म पोष्टमार्टम हुन सकेको थिएन ।
मृतक निर्मलाका आफन्तले दुई जनाका नाममा किटानी जाहेरी दिएको र तीमध्येका एक जना पक्राउ गरिएको र अर्कोलाई पनि चा“डै पक्राउ गर्ने प्रहरीको आश्वासन पछि आफन्तहरू शव पोष्टमार्टम गराउन राजी भएका थिए । उनको आइतबार नै दाहसंस्कार गरिएको आफन्तले बताए ।
घोडाघोडी नगरपालिका सुखडमा रहेको कैलाली एफएममा कार्यरत २२ वर्षीया सञ्चारकर्मी निर्मला भदौ ३१ गतेदेखि सम्पर्कविहीन भएकी थिइन् । हराएको तीन दिनपछि शुक्रबार घोडाघोडी नगरपालिका वडा नम्बर १० मा रहेको फूलबारी सामुदायिक वनमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार