३१ बैशाख २०८१, सोमबार

सुख्खडकी पत्रकार मृत अवस्थामा भेटिइन



प्रेममा धोका पाएपछि आत्महत्या गरेको आशंका


धनगढी । कैलालीको सुख्खडमा पत्रकारिता गर्ने २४ वर्षीया निर्मला पहराईले आफ्ना प्रेमिको अर्की प्रेमिका रहेको जानकारी पाएपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले अर्को प्रेमिकाका कारण विवाद हुँदा आत्महत्या गरेको हुनसक्ने देखिएको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनुपमजंग राणाले बताए ।

सोही प्रारम्भिक अनुसन्धान अनुसार उनीसंगै कैलाली एफएममा काम गरेका २४ वर्षीय ललित जाग्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

जाग्री अहिले सुख्खड प्रहरीकै नियन्त्रणमा रहेका छन् । सोधपुछका लागि नियन्त्रणमा लिएका थियौ पछि निर्मलाको शव पनि भेटियो प्रवक्ता विष्टले बताए ।

निर्मला घरबाट निस्कदा ललितकोमा जान्छु समेत भनेको ललितलाई सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

निर्मलाले ललितकी अर्की पनि प्रेमिका थाहा पाएपछि ती केटीसित पनि विवाद गरेको सुनिएको छ तर अनुसन्धान हुन वाँकी छ प्रवक्ता विष्टले भने ।

बुधबारदेखि बेपत्ता २३ वर्षीया निर्मलाको शव शुक्रबार दिउँसो घोडाघोडी नगरपालिका वडा नम्बर ५ स्थित फुलबारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेको छ।

उनको मोवाइल नभेटिए पनि रुखको फेदमा चप्पल, छाता र घडी भने फेला परेको थियो ।

वडा नम्बर ४ घोडाघोडी ताल नजिक बस्ने निर्मला बुधबार दिउँसो १० बजे घरबाट निस्केकी थिइन । तर उनी बिहीबारसम्म पनि घर नआएपछि निर्मलाका दाजु बिशालले इलाका प्रहरी कार्यालय सुख्खडमा जानकारी गराएका थिए ।

त्यसपछि जताततै खोज्ने क्रममा जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो । उनको शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार