३० बैशाख २०८१, आईतवार

दिनेश एफएममा आक्रमण गर्ने अखिलका कार्यकर्ता निलम्बनमा




धनगढी / सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले दिनेश एफएममा आक्रमण गरेको आरोप लागेका आफ्ना दुई कार्यकर्तालाई संगठनबाट निलम्बनमा गरेको छ ।

गत २६ गते दिउँसो एफएमका पुगेर आक्रमण गरेको आरोप लागेका धनगढी उपमहानगरपालिका ५ का प्रमोद खड्का र कुबेर खड्कालाई मुद्धाको फैसला नहुँदासम्मका लागि निलम्बन गरिएको हो ।

उनीहरु दुवै जना अनेरास्ववियु कैलाली जिल्ला कमिटी सदस्य हुन्।

आज जिल्ला संयोजक कुमार बडैला र सहसंयोजक समिर जोशीद्वारा जारी विज्ञप्तीमा सञ्चार गृह र पत्रकारमाथि भएको आक्रमण घटनाको अनुसन्धानमा सहयोग गर्न लागि दुबै जनालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख छ।

अनेरास्ववियूले मिडियामाथि भएको आक्रमणमा संगठनको भने कुनै भूमिका नरहेको जनाएको छ।

अनेरास्ववियूले घटनाको भत्सर्ना समेत गरेको छ। यस्तै विज्ञप्तीमा थुनुवा कक्षभित्रै मृत्युको घटनाप्रति पनि ध्यानाकर्षण भएको उल्लेख छ भने घटनाको निश्पक्ष छानविन गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार