१ जेष्ठ २०८१, मंगलवार

ट्याक्टर नियन्त्रणमा



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित टेग्नुवा खोलाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

सो खोलाबाट अबैध रुपमा ढुङगा, बालुवा लगायत नदीजन्य पदार्थहरु उत्खनन् गरी ओसार पसार गरिरहेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल पहलमानपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले सोमबार बिहान दुई वटा ट्याक्टरहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हेडक्वाटर गणका गणपति दिपेन्द्र कुवँरले बताए ।
सो खोलाबाट अबैध रुपमा धमाधम उत्खनन् भैरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीले दुई ट्याक्टर नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरी आउने खबर प्राप्त भएपछि खोलाबाट अन्य ट्याक्टर चालकहरु ट्याक्टर लिएर भागेको स्थानीयको भनाइ छ ।

असारदेखि भदौ अन्तिमसम्म बर्खायाममा खोलानाला तथा नदीहरुमा ढुङ्गा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थहरु उत्खनन गर्न रोक लगाइएपनि कैलालीका अन्य खोलाहरुबाट नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार