२३ बैशाख २०८१, आईतवार

बस्नेतले बुवाको श्राध्द फरक तरिकाले गरे




धनगढी । सामाजिक कार्यकर्ताको छवि बनाएका फाया नेपाल कैलालीका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले आफ्नो बुवाको श्राध्द फरक तरिकाले गरेका छन् ।

आज चतुर्थी तिथिको दिनमा उनले शारीरिकरुपमा अशक्तलाई खाद्यान्न सामाग्री दिएर आफ्ना बुबाको श्राध्द गरेका हुन ।

बस्नेतले धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुर्जन्ना निवासी भागिराम चौधरीलाई खाद्यान्न सामाग्री दिएर बुवाको श्राध्द तिथी मनाएका हुन । आफ्ना पुर्खालाई सम्झने हो सम्झदा कसैलाई सहयोग गर्नु राम्रो होला जस्तो लागेर भागिरामलाई सहयोग गरे बस्नेतले बताए ।

उनले बुवाको स्मरणमा २५ केजी चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर तेल, एक किलो आलु,एक एक नुहाउने र कपडा धुने साबुन सिदा दान बापत सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार