२० बैशाख २०८१, बिहीबार

प्रदेशको अर्थ समितिको अनुमगन टोली दार्चुलामा




दार्चुला । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको एक टोली डडेल्धुरा, वझाङ र बैतडीका विकास निर्माणको अनुगमन गरेर दार्चुला पुगेको छ ।

समितिका सदस्य दीर्घ सोडारीको नेतृत्वमा रहेको टोलीले भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अन्र्तगतका विकास निर्माण र प्राकृतिक स्रोत साधनको अवस्था बारे अनुगमन गरिरहेको बताइएको छ ।

सो टोलीमा रहेका समितिका सदस्य महेशदत्त जोशीले अनुगमनका क्रममा प्राय सबै जिल्लाका स्थानीयबासीहरुले सडकका लगायतका संरचना बनाउने क्रममा जथाभावी डोजर प्रयोग गर्दा बाढीपहिरो र जनधनको क्षति हुन थालेको गुनासो गर्ने गरेको बताए ।

टोलीमा प्रदेश सभा सदस्य तथा अर्थ समितिका सदस्यहरु पूर्णा जोशी, अक्कल रावल, प्रेमप्रकाश भट्ट र सामाजिक विकास समिति सदस्य ग्याल्बु बोहरा रहेका छन् ।

यसैवीच बुधबार प्रेस संगठन बैतडीले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य दीर्घ सोडारीले स्थानीय तहले पर्यावरणीय अध्ययन विना जथाभावी डोजरले सडक खन्दा अछाम लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको बताएका थिए । बैतडी जिल्ला पनि प्राकृतिक विपद्का दृष्टिले जोखिमपूर्ण जिल्ला भएकोले सजकता अपनाउनु पर्ने सुझाव सोराडीले दिए ।

कोरोना भाइरसको प्रकोपका बेला अनुगमन गर्न नहुने समेत सुझाव आएरहेको बेला आफूहरु समस्याकै वीचबाट समाधान खोज्ने समितिमा भएकाले जोखीमकावीच पनि स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर अनुगमन गरिरहेको समितिकी सदस्य पूर्णा जोशीले बताइन ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सांसद प्रेमप्रकाश भट्टले बैतडीमा प्रदेश गौरवका ठूला योजनाको काम भइरहेकोले लगातारको वर्षाले निम्त्याएको विपद र प्रभावित परिवारलाई राहत दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार