२० बैशाख २०८१, बिहीबार

भन्सार छलीका मोबाइलका व्याट्री सहित एक पक्राउ



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा बस्ने वर्ष ३३ को साने आलम अवैधरुपमा भारतबाट ल्याएका मोवाइलका व्याट्री सहित पक्राउ परेका छन् ।

उनले संचालन गरेको सोनी मोबाइल ग्यालरीबाट अबैधरुपमा भारतबाट भन्सार छलि गरेर ल्याएका २७८ थान व्याट्री सहित उनी सोमबार पक्राउ परेका हुन ।

ती व्याट्रीको अन्दाजी ३३ हजार ३६० रुपैयाँ पर्ने बताइएको छ । आलमलाई व्याट्री सहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले इमेलमा पठाएको प्रेस सामाग्रीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार