१९ बैशाख २०८१, बुधबार

चोरी र हातहतियार खरखजना मुद्दामा फरार प्रतिवादी पक्राउ



धनगढी । चोरी र हातहतियार खरखजना मुद्दामा फरार प्रतिवादी धनगढी उपमहानगरपालिका ‐३ का विशाल चौधरी पक्राउ परेका छन् ।

उनलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको भएपनि फरार रहदै आएका थिए ।

आइतबार पक्राउ परेका उनलाई सोमबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले इमेलमा पठाएको प्रेस सामाग्रीमा उल्लेख छ ।

२०७६ असार ३ गते राति धनगढी उपमहानगरपालिका‐५ तारानगरस्थित विकास सिंहले संचालन गरेको किराना पसल लगायत धनगढीको विभिन्न स्थानमा चोरी गरेको घटनामा संलग्न व्यक्तीको खोज तलासका क्रममा उनको संलग्नता पुष्टि हुने सामाग्री उनको डेरामा भेटिएका थिए ।

प्रहरी टोलीले २०७६ साउन ३१ गते उनी डेरा गरेर बस्ने राष्ट्र बैंक चोक नजिकको कच्ची घरको कोठाबाट चोरीका सरसमान, चोरीमा प्रयोग हुने विभिन्न किसिमका औजार समेत फेला परेका थियो ।

चोरीका समान र हतियार फेला परे पनि उनी फरार रहदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार