१९ बैशाख २०८१, बुधबार

जवरजस्तीकरणीका आरोपी नौ महिनापछि पक्राउ



धनगढी । धनगढीकी एक महिलालाई जवरजस्तीकरणीको आरोप लागेका एक युवक नौ महिनापछि पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय मनोज राना आज धनगढीगाउँबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

उनका विरुद्ध गत मंसिर २५ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी उद्योग शिर्षकमा जाहेरी दिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार