१७ बैशाख २०८१, सोमबार

ओल्केमा साइनिङ्गद्वारा बृक्षारोपण



धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मनाइदै आएको ओल्के पर्बको अबसरमा द साईनिङ्ग धनगढी युबा क्लबले बृक्षारोपण गरेको छ ।

धनगढी उपमहानगरपालिका–१३ को जनता राष्ट्रिय माध्यामिक विद्यालय क्षेत्रमा युबा क्लबले बृक्षारोपण गरेको हो । क्लबको उद्देश्य पनि ग्रीन क्लििन वडा बनाउने रहेकाले सरसफाई र बृक्षारोपणका कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष गजेन्द्र बोहोराले जनाए ।

बृक्षारोपण कार्यक्रममा १३ का वडा अध्यक्ष बिजयराज जोशी, विद्याालय व्यबस्थापन समितिका अध्यक्ष बिनोद पन्त, वडा सदस्य हिरा राना, समाजसेबी खडकु राना, सामुदायिक वनका अध्यक्ष कमल बोहरा र शिक्षक नरेस भट्टको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार