२२ बैशाख २०८१, शनिबार

प्रेस युनियनद्वारा प्रदेश सभाअघि विरोध प्रदर्शन



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको एफएम, रेडियो तथा टेलिभिजन प्रसारण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको विरोधमा नेपाल प्रेस युनियन कैलालीले बुधवार सुदूरपश्चिम प्रदेश सभा अगाडी विरोध प्रदर्शन गरेको छ ।

प्रदेश सरकारले ल्याएको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधानले मिडियामाथि सरकारले नियन्त्रण गर्न छुट दिएको भन्दै प्रेस युनियन, नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले शुरुदेखि नै विरोध गर्दै आएका छन् ।
संसदभित्र र बाहिर निकै विरोध हुदै आएको सो विधेयकमा विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल गरि प्रमुख विवादित प्रावधानलाई यथावत राखेर सामान्य संशोधन सहित प्रदेश सभामा पेस गरेको थियो ।
सो विधेयक बुधबारको प्रदेश सभाको बैठकमा बहुमतद्वारा पारित भइसकेकोा छ ।
प्रेस युनियनको आह्वानमा सञ्चारकर्मीहरूले प्रदेश सभाको मुलढोका अगाडी केही बेर विरोध प्रदर्शन गरेका थिए ।
यसैबीच, नेपाल प्रेस युनियन, कैलालीले बुधबार नै एक विज्ञप्ती जारी गर्दै सरोकारवालाहरूको असहमति र विरोध हुदाहुदै पनि प्रदेश सभाले विधेयक पारित गरेकोमा विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार