९ चैत्र २०८१, आईतवार

महिला सम्मान तथा तीजविशेष कार्यक्रम



धनगढी । हिन्दू धर्मावलम्बी महिलाहरूको महान धार्मिक पर्व हरितालिका तीज र गौरापर्वको अवसरमा धनगढीमा शनिबार महिला सम्मान तथा तथा तीज विशेष कार्यक्रम भएको छ ।

कैलाली जनपुस्तकालय धनगढीद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले तीजलाई समय सापेक्षरूपमा मनाइनु पर्ने बताइन् । उनले नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नेतर्फ पनि सबै सजग बन्न आग्रह गरिन् ।
कार्यक्रममा कुन्तीदेवी चटौत, ईश्वरा आचार्य, यशोदा भण्डारी, भुलिया राना, ज्ञानु शाह, नरू मगराती सार्की र माया पाण्डेयलाई सम्मान गरियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले संस्कृतिको संरक्षण भए मात्र मुलुकको सभ्यता झल्किने चर्चा गरिन् ।
कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टीएन जोशीले तीज र गौरापर्व जस्ता पर्वले सामाजिक सद्भाव, मौलिक संस्कृतिको संरक्षण तथा संवद्र्धनमा टेवा पुगेको चर्चा गरे ।
कार्यक्रम जनपुस्तकालयका सदस्य तारा शर्माको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा धनगढीका पूर्व मेयर खेमराज पाण्डेय, गोमा आचार्य जोशी, ईश्वरा आचार्य, लिला बास्कोटा, माया पाण्डेय, कल्पना ढुंगाना, हेमन्ता शर्मा भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार