२१ बैशाख २०८१, शुक्रबार

भजनी लगायतका बाढी प्रभावित क्षेत्रमा राहत देउ : संसदीय समिति



समितिको ठहर : बाढी रोक्न दीर्घकालिन योजना आवश्यक


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको शनिबार बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतका कार्यक्रम घोषणा गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले सरकारलाई राहतका कार्यक्रम ल्याउन आग्रह गर्नुका साथै सम्वन्धित मन्त्रालायलाई आफ्ना उद्धेश्य अनुरुपका जिम्मेवारी पुरा गर्न पनि निर्देशन दिएको समितिका सभापति हर्कबहादुर कुँवर गोविन्दले बताए ।

हामीले बाढीको समस्या समाधान गर्न दीर्घकालिन योजना आवश्यक भएको निश्षर्क निकाल्यौ सभापति कुँवरले भने तत्काल खाद्यान्न, औषधि लगायतका राहत उपलव्ध गराउनु जरुरी छ ।

समितिले बुधबार कैलालीको भजनी, टीकापुर नगरपालिका, जोशीपुर, जानकी गाउँपालिका र गौरीगंगा नगरपालिकाको स्थलगत अनुगमन गरेको थियो । बैठकमा अनुगमनमा गएका प्रदेश सभा सदस्यहरुले बाढीले पारेको प्रभाव र अवस्था बारे देखेको कुरा जानकारी गराएका थिए ।

सो अवसरमा सरकारका तर्फबाट उपस्थित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले समितिको बैठकमा उठेका सवाललाई मन्त्री परिषद बैठकमा लैजाने प्रतिवद्धता गरिन ।

बैठकमा सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशीको पनि उपस्थिति रहेको थियो । यस्तै गरेर आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला मन्त्रालयका सचिव र प्रतिनीधिहरुको पनि बैठकमा सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार