२१ बैशाख २०८१, शुक्रबार

पुष्पलाल मित्रता केन्द्रको घोडाघोडी नगर कमिटी गठन



सुखड २४ साउन । पुष्पलाल मित्रता केन्द्रको घोडाघोडी नगर कमिटी गठन भएको छ । शनिबार सुखडमा भएको एक भेलाले खेमराज जोशीको अध्यक्षतामा ५१ सदस्यिय कमिटी गठन गरेको हो ।

पुष्पलाल मित्रता केन्द्र कैलालीका अध्यक्ष कर्ण जैशीको प्रमुख आतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा रवि आचार्य, सहसचिबमा कृष्ण चौधरी र कोषाध्यक्षमा उषा गिरीलाई चयन गरेको हो ।

सदस्यहरुमा खडक वोगटी, टेकराज आचार्य, अशोक भण्डारी, कृष्ण विष्ट, पहलमान शाही लगायतका रहेका छन ।

पुष्पलाल मित्रता केन्द्र कैलालीका जिल्ला सदस्य खडक रावतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका कैलाली सचिव दीर्घ जोशी, जिल्ला उपाध्यक्ष लोकेन्द्र शाहीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य मेघबहादुर साउदले गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार–प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुगाउने उद्देश्यले पुष्पलाल मित्रता केन्द्रको सबै तहमा कमिटी गठन गरिएको मित्रता केन्द्र कैलालीका अध्यक्ष कर्ण जैशीले जानकारी दिए ।

भेलामा पुष्पलाल मित्रता केन्द्र कैलालीका सदस्य पूर्ण विष्ट, बखत विष्ट लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार