२२ बैशाख २०८१, शनिबार

यस्ताे छ तीन दिनकाे माैसम



 धनगढी । देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  नेपालको पूर्वी तराईका भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ।

शुक्रबार दिउँसाे देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार