१३ बैशाख २०८१, बिहीबार

अभिनेत्री ऐश्वर्या र उनकी छोरी कोरोनामुक्त



नयाँ दिल्ली। भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना संक्रमणमुक्त भएका छन्। सोमबार उनीहरू नानावती अस्पतालबाट कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

बच्चन परिवारमा अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई समेत कोरोना देखिएपछि उनीहरू भने अहिले उपचारकै क्रममा छन्।  उनीहरुलाई पनि मुम्बईको नानावती अस्पतालमा नै भर्ना गरिएको छ।

कोरोना पोजेटिभ देखिएपछि गत असार २८ गते ऐश्वर्या र उनकी छोरी अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार