१८ बैशाख २०८१, मंगलवार

दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स साेमबार राती दुर्घटनामा परेको छ । डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर गाउँपालिका तर्फ आउँदै गरेको एम्बुलेन्स महकाली लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ना. अ. ९८८ नम्बरको एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

एम्बुलेन्समा चालक मात्रै रहेकाे र उनी सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा परेको एम्बुलेन्स पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार