१८ बैशाख २०८१, मंगलवार

दार्चुलामा पहिरोले घर पुर्दा दुई जना बेपत्ता



दार्चुला । जिल्लाको दुहु गाउँपालिका वडा नं ३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजे तिर घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सल्लेखेतीका ५० वर्षीय राम दत्त जोशी र  श्रीमती ४५ वर्षीया रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार  प्रहरीको टोली बिहानै घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।  सो पहिरो मा परि १ भैंसी र ४ बाख्रा पनि पुरीएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार