१८ बैशाख २०८१, मंगलवार

एकै दिन ४५२ जना कोरोना संक्रमण मुक्त



धनगढी । सुदूपश्चिम प्रदेशका कोरोना भाइरस (कोभिड–१९) संक्रातिहरू मध्ये साढे चार सय जना एकै दिन संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा सोमबार चार सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई हजार सात सय ५४ पुगेको जनाए ।

सुदूरपश्चिममा सोमबार २१ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले डडेल्धुरा जिल्ला अस्पतालमा गरिएको परीक्षणमा बैतडीका चार जनामा कोरोना संक्रमण पुष्टी भएको जनाए ।

यसैगरी, सेती प्रादेशिक अस्पतालले पछिल्ला २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट हेमराज पाण्डेले जारी गरेको विज्ञप्तिमा अछामको मेल्लेख–८ का १६ जना र दार्चुलाको गोकुलेश्वर–६ का एक जनामा कोरोना संक्रमण भेटिएको उल्लेख छ ।

मेल्लेख–८ का २, २० र २२ वर्षीया महिला र ३४, २५, ३८, २८, ४२, ३०, २१, २५, ६८, २२, ३२, २५ र २० वर्षीय पुरुष तथा गोकुलेश्वर–६ का ५ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको हो । योसंगै सुदूरपश्चिममा कुल संक्रमितको संख्या चार हजार एक सय चार पुगेको छ भने एक हजार तीन सय ५० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले सुदूरपश्चिमको क्वारेन्टाइनमा अझै चार हजार चार सय ८४ जना रहेको जनाए । उनले नेपालमा सोमबार एक सय ३९ जना कोरोना संक्रमित थापिएको जनाए । उनका अनुसार नेपालमा चार हजार नौ सय ५० जना कोरोना संक्रमित आइसोलेसनमा छन् । थप तीन जनाको कोरोनाबाट मृत्यु भएको छ । उनका अनुसार पाँच सय भन्दा बढि संक्रमित रहेको देशका दुई जिल्लामा कैलाली पनि परेको छ ।

थप २१ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा सोमबार थप २१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा चार गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार १४ जना पुरुष र तीन जना महिलामा संक्रमण पुष्टि भएको हो । अछामको मेल्लेख गाउँपालिकाका तीन जना महिला र १३ जना पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

जिल्लामा दुई बर्षीया बालिकामा समेत कोरोना देखिएको छ । यस्तै दार्चुलाका ५ बर्षीय बालकमा समेत कोरोना पुष्टि भएको उनले बताए ।

यस्तै डडेल्धुरा प्रयोशालामा भएको परीक्षणमा सोमवार बैतडीका चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार