१० श्रावण २०८१, बिहीबार

उपभोक्ता समितीका अध्यक्षबाट कार्यालयमै कुटिए ईन्जिनियर



डाेटी । उपभोक्ता समितीका अध्यक्षबाट डोटीको पूर्वीचौकी गाउँपालिकाका इन्जिनियर कुटिएका छन् ।

स्थानीय सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकर राज खनाल माथी कार्यालयमै हातपात गरेका हुन् ।

बिहीबार दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा तथानाम गालीगलौच गर्दै अध्यक्ष खड्काले हातपात गरेको गाउँपालिकाले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा कार्यालयमै कुटपीट घटनाका दोषीउपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गदैछौ। सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको बिषयलाई लिएर हातपात भएको हो ।

उक्त खानेपानी योजनाको प्राविधिक मुल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको ईन्जिनियर खनालले बताए । खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार पेस्की लिएर काम सुरु गरेका थिए । प्राबिधिकले टिप्पणी उठाउँदा त्रुटि हुनगई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिईएको थियो । “प्राबिधिक त्रृटीका कारण १२ लाख भुक्तानी भएको छ तर काम ६ लाख ७२ हजारको मात्रै भएको छ,“इन्जिनियर खनालले भने उपभोक्ता समितिले श्रमदानको ८८ हजार घटाएर ५ लाख ८४ हजार जती भुक्तानी हुनुपर्ने हो त्यसमा ५ लाख ७० हजार पेस्की लिईसकेका कारण २० हजारको आसपासमा मात्रै भुक्तानी पाउनुपर्ने हो ।

बढी भुक्तानी लिएको रकम उपभोक्ता समितिले फिर्ता गर्नुपर्छ भनेपछि म माथी हातपात गरियो ।” योजनाका अध्यक्षले भुक्तानी भएको सबै रकम आफुले पाउनुपर्ने र फिर्ता नगर्ने भन्दै गालीगलोचसहित एक्कासी कार्यालयभित्र आक्रमण गरेको ईन्जिनियर खनालले बताए ।

उनले यसरी कार्यालयमै आएर काम नगरि योजनाको पैसा खान प्राविधिकमाथि हातपात गर्ने, धम्काउने गालीगलोच गर्ने जस्ता कार्यले आफुहरुको मनोबल गिर्ने र मानसिक तनाव बढ्ने गरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार