१७ बैशाख २०८१, सोमबार

अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी



कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा गएराति अज्ञात समुहले आगजनी गरेको छ ।

झ्यालका सिसाहरु फुटाएर पेट्रोलियम पदार्थ छर्किइ वडा कार्यालयमा आगजनी गरेको पाइएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जगत बहादुर सिंहले जानकारी दिए ।

आगजनीबाट वडा कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी, टेबुल र कागज पत्र जलेर नष्ट भएको उनले बताए । वडा कार्यालयमा कसले किन आगजनी गर्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । क्षतिको विवरण संकलन गरी घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलको भनाइ छ ।

उनका अनुसार, सभाहल र सचिवको कार्यकक्षमा बाँसको मसाल बनाई पेट्रोलियम पदार्थको सहायताले आगजनी गरेकोले बढी क्षति भएको जानकारी दिए । वडाध्यक्षको कार्यकक्षमा भने आंशिक रुपमा क्षति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार