१० श्रावण २०८१, बिहीबार

गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ



धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाका सुचना अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले सेवाग्राहीबाट लिएको घुस रकम सहित पक्राउ गरेको छ ।

गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशीलाई मंगलबार ८५ हजार रुपैया घुस सहित कार्यालयबाटै पक्राउ गरिएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयका प्रवक्ता टोपबहादुर बिष्टले प्रहरी निरीक्षक अनिल गिरी नेतृत्वको टोलीले सूचना अधिकारी जोशीलाई घुससहित पक्राउ गरेको जानकारी दिए ।

प्रवक्ता बिष्टका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयागको टोली सोमबार नै जोशीपुर गाउँपालिका पुगेको र गाउँपालिकाका सुचना अधिकारी जोशीले सेवाग्राहीबाट लिएको घुस आफनो कार्यकक्षमै छोडेर भागेको थिए । अख्तियारको टोलीले जोशीले घुस लिएको ८५ हजार रुपया सोमबार नै जफत गरेको र सुचना अधिकारी जोशीलाई मंगलबार पक्राउ गरेको अख्तियार प्रबक्ता बिष्टले जानकारी दिए ।

प्रबक्ता बिष्टका अनुसार पक्राउ परेका जोशीलाई महेन्द्रनगर स्थित अख्तियार कार्यालय ल्याईएको र उनलाई अख्तियारको केन्द्रिय कार्यालय पठाईने र उतैबाट थप अनुसन्धान हुनेछ । सुचना अधिकारी जोशीले तालिममा सहजिकरण गरेको भन्दै घुस लगेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार