इन्सेकद्वारा पाटन नगरपालिकालाई स्वास्थ्य सामग्रि हस्तान्त्रण

बैतडी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बैतडीको पाटन नगरपालिकालाई स्वास्थ्य सामग्रि हस्तान्त्रण गरेको छ । विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न सहयोग होस भन्ने उद्देश्यले इन्सेकले पाटन नगरपालिका स्तरीय मानव अधिकार समूह माफर्त स्वास्थ्य सामग्रिहरु हस्तान्त्रण गरेको हो ।
मानव अधिकार समूहका अध्यक्ष कृष्णसिह महरा लगायत समूहको टोलिले पाटन नगरपालिकाका प्रमुख केशब बहादुर चन्द र उपप्रमुख सरस्वती कोलीलाई मेडिकल मास्क दुई हजार थान, डिटोल साबुन एक सय थान, डिस्पोजल ग्लोब्स एक सय थान र पाँच सय मिलिलिटरको सेनिटाइजर ६ बोतल हस्तान्त्रण गरेको इन्सेकका कार्यक्रम सहजकर्ता निशा भट्टले बताए ।
नेपाल सरकारले मास्क अनिवार्य गर्ने निर्णय गरेपछि नगरपालिकामा मास्कको अभाव भएको र इन्सेकले सहयोग गरेको मास्क लगायतका स्वास्थ्य समाग्रिले नगरपालिकालाई राहात मिलेको नगरप्रमुख केशब बहादुर चन्दले बताए । मानव अधिकार संरक्षण संम्बर्धन र वैरवीका सवालमा आगामी दिनमा पनि इन्सेक संग नगरपालिकाले सहकार्य गर्ने नगरप्रमुख चन्दको भनाई छ ।
मानव अधिकारको संरक्षण संम्वर्धन र पैरवि गर्ने इन्सेकले हाल बैतडीका दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा स्थानीय तहलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम (इएलपी) संचालन गरिरहेको छ । उक्त कार्यक्रमले शिक्षा, स्वास्थ्य, खाद्य र आवसको अधिकारमा वकालत तथा पैरवि गर्ने काम गरिरहेको इन्सेक सहजकर्ता निशा भट्टको भनाई छ ।
यस्तै अाइतबार दशरथचन्द नगरपालिकामा पनि उक्त सामग्रिहरु हस्तान्त्रण गरिएको भट्टको भनाई छ ।