१० श्रावण २०८१, बिहीबार

भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मिलाई तालिम



धनगढी । धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रमा निर्माण गरिने भौतिक पूर्वाधारलाई भूकम्प प्रतिरोधी बनाउनका लागि डकर्मीलाई तालिम दिईएको छ ।

उप–महानगरपालिकाले फुलवारी क्षेत्रका ३५ जना डकर्मीहरुलाई तालिम दिएको छ । असार २० गते देखि सुरु भएको तालिम शुक्रवार सम्पन्न भएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी पूर्ण रुपमा भवन संहिता लागु भएको नगरभएको बताए । उनले भने, नगरले तालिम प्राप्त डकर्मी तयार पार्दै आएको छ । कुनैपनि ब्यक्तिले जिवनभरी कमाएको पैशाले एउटा घर बनाउँछ नगरप्रमुख वडले भने, त्यसैले घर बलियो बनाउने नवनाउने डकर्मीहरुको हातमा हुन्छ ।

घर बनाउन चाहने ब्यक्तिलाई सबै कुरा थाहा नहुन सक्छ नगरप्रमुख वडले भने, त्यसैले सबैकुरा तपाईहरुले सिकाउनुपर्छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले तालिममा सिकेको सिपलाई ब्यावहारमा लागु गर्न तालिममा सहभागिहरु संग आग्रह गरे ।

धनगढीमा पछिल्लो पटक बनेका घरहरु पूर्णरुपमा भवन संहिता अनुसार बनेको बताए । धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जिनीयर दिजराज भट्टले धनगढीलाई भुकम्प प्रतिरोधी संरचना निर्माण गर्ने जिम्मा तालिम प्राप्त डकर्मीको भएको बताए । उनले भने, सात दिन सम्म धेरै कुरा सिक्ने अवसर पाउनु भएको छ त्यसलाई कामका देखाउनु होला ।

तालिम समापन कार्यक्रम धनगढी उप–महानगरपालिका वडा नं १८ का अध्यक्ष मुरारी अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार