३ बैशाख २०८१, सोमबार

सहकारी अभियान्ता बमद्धारा जन्मदिनको अवसरमा घरभाडा छुट



धनगढी । राष्ट्रिय सहकारी महासंघका पुर्ब संचालक एवं सहकारी अभियान्ता भोजबहादुर बमले आफ्नो जन्म दिनको अवसरमा घर भाडा छुट गरेका छन् ।

अभियान्ता बमले आज परेको जन्म दिनको अवसर पारी गौरीगंगा नगरपालिका वडा नंम्बर ९ साझाबजार स्थित ६ वटा सटरको एक महिनाको भाडा छुट गरेका हुन् । सहकारी अभियान एवं समाजसेवामा सकृय बमले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा समस्या परेकालाई सहयोग गर्नु पर्छ भनेर भाडामा छुट दिएको बताए ।

अहिलेको कोरोना महामारीका कारण लामो समय देखिको लकडाउनले सबै क्षेत्र प्रभावित भएका त्यसैमा ब्यापार बयबसाय पनि झनै प्रभावित भएकाले आफ्नो स्वामित्वमा रहेका ६ वटा सटरको एक महिनाको भाडा छुट गरेको सहकारी अभियान्ता बमले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार