४ जेष्ठ २०८१, शुक्रबार

काेराेना पुष्टि भएपछि अात्महत्या



धनगढी । सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन् ।

बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन् । खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन।

जेठ १९ गते भारत वाट आएका उनी क्यारेन्टाइममा बस्दै आएका थिए ।  त्यहाँ रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गर्दा रावतको मात्र पोजेटिभ देखिएको थियो ।

गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार