१५ बैशाख २०८१, शनिबार

सनराईज बैंकद्धारा खाद्यान्न हस्तान्तरण



धनगढी । सनराईज बैंक शाखा कार्यालय धनगढीले क्वारेन्टाईनमा रहेकाहरुका लागि राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ । बैंकका शाखा प्रवन्धक धर्म बिष्टको टोलीले ५० हजार बराबरको चामल, दाल, आलु र तेल धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेको हो ।

नगरप्रमुख वडले मनकारी ब्यक्ति, संघसंस्थाले गरेको सहयोगले गर्दा छाक टार्न नसक्ने र क्वारेन्टाईनमा रहेकाहरुको मुखमा माड लगाउन सजिलो भएको बताए । उनले भने, सबै सहयोगि मनहरुलाई धन्यवाद दिन चाहन्छौं ।

बैकर्स क्लवका अध्यक्ष समेत रहेका सनराईज बैंकका निर्देशक बिष्टले सामाजिक उत्तरदायीत्व अन्तरगत बैंक तथा वित्तिय संस्थाले सहयोग गर्दै आईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार