२ जेष्ठ २०८१, बुधबार

कैलालीमा हसिया प्रहारबाट गम्भिर घाइते भएका युवकको मुत्यु



धनगढी । कैलालीमा हसिया प्रहारबाट गम्भिर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालीका वडा नम्बर ६ का दिपक खड्काको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते खड्काको उपचारको क्रममा नर्सिङ होम नेपालगंजमा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीकाका प्रहरी नायव उपरिक्ष प्रतिक विष्टले जानकारी दिए।

हसिया प्रहार गर्ने तीन जनालाई पक्राउ गरिएकोमा उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलाईएको प्हरी नायव उपरिक्षक विष्टले बताए। अब कर्तव्य ज्यानमा मुद्धा चलाईने प्रहरीले जनाएको छ।

गौरीगंगा नगरपालिका ६ कठौतीका २२ वर्षीय प्रकाश शाह, सोही ठाउँका २३ वर्षीय बेजन बि.क र गोदावरी नगरपालिका ९ का दिपकराज जोशीविरुद्ध मुद्धा दर्ता गरीएको हो।

तीनै जनाले खड्कालाई गौरीगंगा नगरपालिका ६ कै कठौतीमा लगेर कुटपिट गरी गम्भिर घाईते बनाउका थिए। घटनास्थलबाट धारिलो हतियार हसिया समेत बरामद गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार