५ जेष्ठ २०८१, शनिबार

रोपाई शुरु भइसक्दा पनि मलको अभाव



टीकापुर । कैलालीको टीकापुर सहितको पूर्वि क्षेत्रमा धान रोपाईको वेला भइसक्दा पनि अनुदानको रसायनिक मलको अभाव कायमै रहेको छ । अनुदानको रसायनिक मलको अभाव भएपछि किसानहरू महंगो मूल्य तिरेर मल किन्न बाध्य भएका छन् ।

सहज रुपमा मलको आपुर्ति नहुदा खेती चर्को मुल्यमा रासायनिक मल खरिद गर्न बाध्य भएका टीकापुर नगरपालिका वडा नम्बर १ बनगाउँका किसान मानबहादुर चौधरीले बताए ।

कृषि सामग्री कम्पनीले कृषि सहकारीलाई प्रति क्वीन्टल युरिया एक हजार ६५२, डिएपी प्रतिक्वीन्टल चार हजार पाच सय ५२ र पोटास प्रतिक्वीन्टल तीन हजार तीन सय ५२ रुपैयामा बिक्रीवितरण गर्दै आएको छ । तर, टीकापुर र आसपासका क्षेत्रका किसानहरूले सरकारी अनुदानको मल नपाएपछि युरिया प्रति क्वीन्टल दुई हजार देखि दुई हजार आठ सय, डीएपी पाच हजार देखि छ हजार रुपैया सम्ममा किन्न बाध्य भएका छन् ।

कृषि सामग्री केन्द्रले निर्धारण गरेको मुल्यमा युरिया डीएपी, पोटास मलको बिक्री गर्दा सहकारी संस्थालाई कृषि सामग्री कम्पनीले ढुवानी सहितको व्यवस्था गरि दिने गरेको हुन्छ । प्रति क्वीन्टल ६० देखि ७० रुपैया ढुवानी अनुदान रहेको रसायनिक मलमा लोडअनलोड भने कृषि सहकारी संस्थाहरु आफै गर्ने गरेका हुन्छन् । तर अहिले असमान्य अवस्था भएकोले प्रति क्वीन्टल ९० देखि एक सय रुपैया ढुवानी भाडा र लोड अनलोड ३२ रुपैया खर्च लाग्ने गरेको सहकारी संस्थाहरुको दाबी छ ।

कृषि सामग्री कम्पनीको निर्धारित मुल्य भन्दा ढुवानी भाडा थप गरि केहि रकम बढाएर सहकारी संस्थाहरुले बेच्न पाउछन् । तर लकडाउनको बेला ढुवानी महंगो भएको भन्दै मल विक्रेता सहकारी संस्थाले केहि मुल्य बढाएर मल बेच्नु पर्ने बाध्यता रहेको पशुपति विद्युत सहकारीकाका प्रवन्धक प्रमोद चौधरीले बताए ।

कैलालीमा ९५ हजार हेक्टर खेती योग्य जमिन मध्ये ३९ हजार हेक्टरमा धान खेती हुने गरेको छ । त्यसको लागि ४ हजार टन युरिया र ३ हजार डीएपी मल आवश्यक पर्छ । मल अभावको अवस्थामा चर्को मुल्यमा बिक्री गरे कारवाही हुने कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार