५ जेष्ठ २०८१, शनिबार

धनगढीमा प्रदर्शन



सरकारलाई खवरदारी गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

कोरोना भाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै धनगढीमा प्रदर्शन गरिएको हो ।

प्रदेश सरकार ! तिम्रो पाराले, दुख पायो साराले, कोरोना मौलायो हाम्रो सरकार बौलायो, सरकार की त जाग की त भाग, सासंदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने, सरकारलाई जिमखाना नागरिकलाई छैन् खाना’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित सरकारका विरुद्ध प्रदर्शन गरिएको हो ।

आरडिटी बन्द गरेर शत प्रतिशत कोरोना परीक्षण पिसीआर विधिबाट गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै पिडित नागरिकको तर्फबाट प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार