१० श्रावण २०८१, बिहीबार

कैलालीमा ब्राउन सुगरसहित ३ जना पक्राउ



धनगढी– कैलालीमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले धनगढी उपमहानगरपालिका- १० जुगेडाबाट युवाहरुलाई पक्राउ गरेको हो।

सशस्त्रको अस्थायी चेकपोष्ट जुगेडाबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार वलीको गस्ती टोलीले ११ दशमलव सात सय ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

टोलीले सु.प.प्र.प.०१–००८ प ५४८७ नं. को पल्सर मोटरसाइकल पनि बरामद गरेको जनाएको छ। पक्राउ परेका युवाहरूमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार